सुनकाे भाउकाे ओरालो यात्रा, कतिमा हुँदैछ कारोबार !

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ।

आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here