काठमाडौं । राजावादीको आन्दोलनमा एक पत्रकारको मृत्यु भएकाे छ। तिनकुने भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ ।
सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।
प्रदर्शनका क्रममा तीनकुनेको एक भवनमा प्रदर्शनकारीहरूले आगो लगाएका थिए। साे आगोमा परेर एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको थियो।