राजावादी आन्दोलनमा ढुंगामुढा गर्ने एक धर्मगुरु पक्राउ

काठमाडौं । राजावादी आन्दोलनमा ढुंगामुढा गर्ने एक जना धर्मगुरु पक्राउ परेका छन् ।

शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सामाजिक सञ्जालमा अहले उनले ढुङ्गा हानेकाे भिडियाे भाइरल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here