काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक गाडि दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
शनिबार राति ८ बजे ठुलो खोला नजिक धादिङ काठमाडौं आउँदै गरेको प्र ३ -०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।
दुर्घटनामा गाडी चालक भिमेश्वर -४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।