मेडिकल सहायतासहितको नेपाली सेनाको टाेलि म्यानमारतर्फ

काठमाडौं । नेपाल सरकारले मेडिकल सहायतासहितको २२ सदस्यीय टाेलि म्यानमारमा पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली त्यसतर्फ पठाइएको हो ।
टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेका छन् ।
उनिहरुले भूकम्पमा घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले बताएको छ । टोली करिब एक साता म्यानमारमा रहेर भुकम्प पिडितकाे सेवा गर्नेछन्।

म्यानमार भूकम्पबाट अहिलेसम्म २ हजार ५६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here