काठमाडौं । मंगलबार सेयर बजार २७ सय अंकमा पुगेको छ । आज नेप्से परिसूचक २३.८६ अंक बढेर नेप्से २७०० मा पुगि बन्द भएको हाे। अघिल्लो दिन बजार १६ अंक घटेको थियो । अघिल्लो दिन ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भएकाे छ।
कुल १६६ कम्पनीको मूल्य बढ्दा ७८ को घटेकाे छ। आज व्यापार सेक्टर सबैभन्दा धेरै ९.४४ प्रतिशत बढेकाे छ। विशाल बजार कम्पनीको मूल्य करिब १० प्रतिशत बढ्दा यो सेक्टरमा उच्च वृद्धि देखिएको हो ।
त्यस्तै बैंकिङ ०.५१, विकास बैंक ०.३०, फाइनान्स ३.१२, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर ०.४२, लगानी १.३७, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१७, अन्य ०.३५ प्रतिशत बढेका छन्। यता उत्पादन १.४७ र निर्जीवन बीमा समूह ०.२६ प्रतिशत घटेका छन् ।
सेन्ट्रल फाइनान्स र विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै बलेफी हाइड्रोपावरको ४.८ प्रतिशत घट्यो ।
यस दिन धेरै कारोबार भएका कम्पनीमा सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।