काठमाडौं । बिहिवार उच्च मूल्यकाे रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । आज सुनको भाउमा उच्च अंक काे गिरावट आएसँगै १ लाख ७६ हजार ४ सय रुपैयाँमा झरेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनकाे भाउ अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ ताेकेकाे थियाे।