प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ। शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच थाइल्याण्डमा भेटवार्ता हुन लागेको हो।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच थाइल्याण्डको बैङ्ककस्थित होटेल साड्ग्रिलामा भेटवार्ता हुने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्न बैङ्ककमा छन्।

त्यस्तै भारतीय प्रधानमन्त्री मोदी पनि उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्न बैङ्कक पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here