गृहमन्त्री लेखकले भने ‘तीनकुने घटनाको छानबिन हुन्छ’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाको निष्पक्ष अनुशन्धान तथा छानबिन हुने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताएका हुन्।

बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनाबारे छानबिन गर्न आयोग गठन गर्न माग गरेका थिए।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन र सभा थियो। प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खाेजेपछि प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो।

तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो। केही घाइतेहरूको अस्पतालहरूमा उपचार जारी छ।प्रदर्शनकारीहरूले निजी घर र सरकारी सवारी साधन तोडफोड र आगजनी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here