काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले म्याद नाघेको अश्रुग्यास प्रहार नभएको बताएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्ताे दावि गरेका हुन्।
समितिका सभापति रामहरि खतिवडाले म्याद नाघेका अश्रुग्यास प्रहार भएको सूचना पाएकाेबारे प्रश्न सोधेका थिए । त्यसबारे उनले म्या नाघेका अश्रुग्यास नष्ट गर्ने गरेकाे। भन्दै मौज्दातमा रहेको मात्र प्रयोग गरिएको बताए । 
तर प्रदर्शनका क्रममा क्लाउडपत्रिकाले म्याद नाघेको अश्रुग्यास फेला परेका थिए । साधारण अश्रुग्यासले छाला साथै आँखामा क्षणिक जलन र स्वासप्रस्वासमा समेत क्षणिक समस्या ल्याउँछ । तर म्याद सकिएपछि यसले श्वासप्रश्वाससम्बन्धी दिर्ग रोग, छालामा जलन, आँखाकम गम्भीर समस्या निम्तयाउछ।






















