रवि लामिछानेलाई थुनामा पठाउन अदालतकाे आदेश

फाइलफोटो

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएकाे छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि धरौटीमा छाडेकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here