काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी बिना प्रहरी पक्राउ गर्न गएको बताएको छ ।
शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीले लामिछानेको घरकाे बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको भिडियाे समेत सार्वजनिक भएको थियाे। रास्वपाले त्यसलाई अनौठो अभ्यास भएको बताएको छ ।
सभापति लामिछाने पक्राउ परेपछि शुक्रबार राति केन्द्रीय सचिवालयको भर्चुअल बैठकले यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको छ ।
बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर-संवेदनशील र गैरकानुनी भएको बताउँदै भत्सर्ना गरेको छ ।