काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको चासो तीव्र रूपमा बढिरहेको बेला विभिन्न ब्रान्डका आधुनिक सुविधायुक्त ईभी एसयूभीहरू नेपाली बजारमा प्रवेश गर्दैछन्। हालै प्रस्तुत गरिएको पाँच मोडल—दिपल एसओसेभेन, आयोन भी, विवाइडि अट्टाे थ्री, ओमोडा र जेइकाे
सिक्सबिच कडा प्रतिस्पर्धा देखिएको छ।
दिपाल एस जेराे सेभेन स्टायलिस र व्यावहारिक डिजाइनसहित आएको इलेक्ट्रिक क्रसओभर एसयूभी हो, जसको लम्बाइ ४,७५० मिमि, चौडाइ १,९३० मिमि र उचाइ १,६२५ मिमि रहेको छ। २,९०० मिमिको ह्वीलबेसले फराकिलो केबिन अनुभव दिन्छ। यसमा १५.६ इन्चको स्वाइभल टचस्क्रिन, प्यानोरामिक सनरूफ, ६ वटा एयरब्याग र १७५ मिमिको ग्राउण्ड क्लियरेन्स छ। ९९ किलोवाट मोटर र ६६.८ kWh ब्याट्रीसहित यसको डब्लुएलपिटि रेंज ४१० किमि रहेको छ। मूल्य रु ७४.९९ लाख तोकिएको छ।
‘आयोन भी’ भविष्यमुखी डिजाइन र प्रविधियुक्त फिचरहरूका साथ नेपाली बजारमा चर्चा बटुलिरहेको छ। यसको लम्बाइ ४,६०५ मिमि, चौडाइ १,८५४ मिमि र उचाइ १,६६० मिमि रहेको छ। यसमा ७ वटा एयरब्याग, १५ ड्राइभर असिस्ट फिचर, स्मार्ट फ्रिज, फूड वार्मर, प्यानोरामिक रूफ र १८५ मिमिको ग्राउण्ड क्लियरेन्स छ। ६५० किमि सम्मको दाबी गरिएको दायरासहित यसको मूल्य रु ६४.९९ लाखदेखि ६९.९९ लाखसम्म रहेको छ।
बिवाइडि अट्टाे थ्रीलाई ६०.४८ केडब्लुएच ब्याट्री र १०० किलोवाट मोटरले सुसज्जित गरिएको छ। यसको रेंज ४२० किमि रहेको छ भने मूल्य रु ६७.८० लाख तोकिएको छ। यसको केबिनमा १२.८ इन्चको रोटेटिङ स्क्रिन, वायरलेस चार्जर र प्रिमियम अडियो सिस्टम जडान गरिएको छ। तर, यसमा हीटेड सिट, रेफ्रिजरेटरजस्ता लक्जरी सुविधाहरू छैनन्।
ओमाेडाले ९९ किलोवाट मोटर र ६१ केडब्लुएच ब्याट्री प्रयोग गर्छ, जसले ४३० किमिको दायरा दिन्छ। यसको मूल्य रु ६२.४९ लाख छ। यसमा प्रिमियम लेदर इन्टेरियर, एम्बियन्स लाइटिङ र १८० मिमिको ग्राउण्ड क्लियरेन्स छ।
जेइकाे सपक्सले अफ-रोड र ट्रेन्डी डिजाइनमा बल दिएको छ। यसमा १३५ किलोवाट मोटर र ६५.६९ केडब्लुएच ब्याट्री छ, जसले ४२६ किमिको दायरा दिने बताइएको छ। २०० मिमिको ग्राउण्ड क्लियरेन्सले नेपाली बाटोलाई सहजै पार गर्न सक्ने क्षमता दिन्छ। मूल्य रु ६९.९९ लाखबाट सुरु हुन्छ।
यी पाँच मोडलमध्ये, आयोन भी उच्च रेंज, व्यावसायिक सुविधा र प्रतिस्पर्धात्मक मूल्यमा सन्तुलन मिलाएको मोडलका रूपमा अगाडि देखिन्छ। यद्यपि, प्रत्येक मोडलको आफ्नै विशेषता र प्राथमिकता भएकाले ग्राहकले आफ्ना आवश्यकता, बजेट र प्रयोगअनुसार छनोट गर्नु उपयुक्त हुनेछ।