चार प्रदेशमा वर्षा र हिमपात, मंगलबारदेखि काठमाडौंलगायत स्थानमा पानी पर्ने

काठमाडौं । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान देशका पहाडी भूभागमा मौसम आंशिक बदली भई बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो चार प्रदेशमा वर्षा र कोशी, बागमती, गण्डकी र कर्णालीको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हाे।

त्यस्तै प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

पश्चिमी न्यूनचापीय प्रणाली र भारतबाट न्यूनचापीय प्रणाली भित्रने क्रममा रहेकाले मंगलबारदेखि काठमाडौंलगायत स्थानमा वर्षाको सम्भावना रहेको छ।