काठमाडौं । एयर क्वालिटी इन्डेक्स’ को मापनअनुसार काठमाडौं उपत्यका आज विश्वका प्रदूषित शहरको दोस्रो नम्बरमा छ। प्रदूषणमा पहिलो स्थानमा भारतको नयाँदिल्ली हरेको छ । यस्तै, तेस्रो स्थानमा पाकिस्तानको लाहोर शहर छ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । नेपालको राजधानी काठमाडौंको वायुको गुणवत्ता निकै अस्वस्थ रहेको भनेर प्याजी रंगले संकेत गरिएको छ । काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको देखिन्छ । काठमाडौंभित्र पनि शंखपार्क क्षेत्रको हावा सबैभन्दा बढी अस्वस्थ छ । वातावरण विभागका अनुसार शंखपार्कको वायु गुणस्तर सूचकांक एक्यूआई २८४ पुगेको छ ।