प्रधानमन्त्री ओलीले आजका लागि बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ।

आजको बैठकमा गभर्नर नियुक्ति र आन्दोलनरत शिक्षकको मागको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषदकाे आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना छ । महाप्रसाद अधिकारी विदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here