कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई

काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।

उनी वरिष्ठ डेपुटी गभर्नरकाे रुपमा राष्ट्र बैंक छिन्। ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिएपछि गभर्नरको पद खालि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here