काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानमा खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल भेटमा उनले यस्ताे बताएका हुन् ।
सो भेटमा धरानबासीलाई खानेपानी पुर्याउने प्रक्रिया अघि बढेकोबारे प्रधानमन्त्रीले जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ,यसका लागि प्रक्रिया आजैबाट अघि बढ्यो’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ । ‘यसमा संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’
साे अवसरमा प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिलसाइट बनाउनुपर्नेमा बताए ।