काठमाडौं। काठमाडौंको हावा आज बिहानैदेखि फेरि प्रदुषित बनेको छ । मंगलबार बिहान ८ः४५ मा २७९ एक्यूआई पुगेको छ । यो वायु गुणस्तरको ‘निकै अस्वस्थ’ तह हो ।
यससँगै आज काठमाडौं पुनः विश्वकै प्रदुषित सहर बनेको छ । भारतकाे दिल्ली १८४ एक्यूआई अंकसहित विश्वकै दोस्रो प्रदुषित बनेको छ । तेस्रो प्रदुषित सहर पाकिस्तानको राजधानी लाहोर बनेकाे हाे। लाहोरको १८१ एक्यूआई रहेको छ ।
वायु प्रदुषण नियन्त्रण तथा न्यूनिकरण गर्न वातावरण विभागले घरायसी ठोस फोहोर नबाल्न, कृषि अवशेष नजलाउन, उद्योगमा स्वच्छ उर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धूलो नियन्त्रण गर्न अनुरोध गरेको छ ।

























