सुनकाे भाउ घट्ने क्रम जारी, तोलामा ७ सयले घट्याे

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ताेलामा सात सयले घटेको छ।

गत शुक्रबारदेखि लगातार घटेकाे सुनकाे भाउ आज पनि घटेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ७३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यता मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।