तीनकुने घटनाका थप एक आरोप पक्राउ

काठमाडौं। काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठलाई कार्यालयको टोलीले सोमबार गोंगबुबाट पक्राउ गरेको हो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाउने तयारी भइरहेको छ।

प्रहरीले शाही युवा शक्तिलाई नेतृत्व गर्ने पशुपति खड्कालाई यसअघि नै पक्राउ गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here