काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३ सय ३० जनाले अनुमति पाएका छन् ।
पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २ सय ५३ पुरुषले आरोहण अनुमति पाएका हुन् । यसमध्ये सगरमाथा आरोहण गर्न १२ समूहका १ सय २० जनाले अनुमति पाएका छन्।
अहिलेसम्म १५ हिमालमा आरोहण अनुमति जारी भएको छ । अन्नपूर्ण हिमालका लागि ६ समूहका ६६ जनाले अनुमति पाएका छन् ।
मकालु हिमालमा ३ समूहका ४० जनाले आरोहण अनुमति पाएको विभागले जनाएको छ । विभागका अनुसार सोमबारसम्म हिमालहरूबाट कुल २२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन भइसकेको छ ।