बालेनले भने ‘महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर बस्दैन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउने भनेर नबस्ने बताएका छन्।

मंगलबार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई जरिवाना नकाट्न चेतावनी दिएका थिए । त्यसकाे जवाफमा शाहले सामाजिक सञ्जालमा यस्ताे टिप्पणी गरेका हुन्।

उनले लेखेका छन् ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । ‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।’

महानगर प्रमुख शाहले सडक सफा गरेकोमा राप्रपालाई धन्यवाद समेत दिएकाछन् । उनले लेखेका छन्‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here