काठमाडौं उपत्यकामा पानी पर्यो, प्रदुषणबाट केही राहत

काठमाडौं। लामो समयसम्म प्रदुषणकाे समस्या झेलिरहेका काठमाडौंबासिले केही राहत पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा पानी परेपछि उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ ।

काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, गाेरखालगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here