काठमाडौं । बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङले लुम्बिनी प्रदेशमा एकजनाको मृत्यु भएको छ ।
चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङकि १५ वर्षीया किशोरीको मृत्यु भएको हाे। उनी रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी थिइन्।
त्यस्तै बाँकेकाे बनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छानो र पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ ।






















