काठमाडौं । पछील्लो १२ घण्टाको विवरण अनुसार कोशी प्रदेश र मधेश प्रदेशका एक दुई स्थानमा भारी बर्षा भएको छ। साे अवधिमा सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा मापन भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपात भइरहेकाेले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेकाे छ।



















