५.५७ अंकले घट्याे नेप्से, कारोबार भने बढ्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५.५७ अंक घटेको छ । सो अंकको घटेसँगै नेप्से २६७० मा कायम भएको छ ।

यता कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडको भएकाे छ । ११३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने एउटाको स्थिर नै रह्यो ।

आज अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशत बढे ।

आज दुई कम्पनीको मूल्य १० प्रतिशत बढेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here