काठमाडौं । गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।
तीनकुने घटनापछि प्रहरीले उनको खोजी गरिरहेको थियो । प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू भागेकाे नभइ सुरक्षीत रहेकाे बताउँदै आएका थिए ।