शिक्षा, स्वास्थ्य अनुसन्धान र नवप्रवर्तनबारेको अन्तरराष्ट्रिय सम्मेलन ललितपुरमा शुरु

काठमाडौँ ।स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धि शीर्षकमा चैत ३० गतेदेखि दुई दिने अन्तराष्ट्रिय सम्मेलन ललितपुरमा शुरु भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा त्रिभुवन विश्व विद्यालयको शिक्षा शास्त्र केन्द्रीय विभाग, नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)को संयुक्त आयोजनामा सञ्चालन भइरहेको सो सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, भारतलगायत देशका स्वास्थ्य क्षेत्रमा क्रियाशिल विज्ञहरुका २६ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने छन् ।

हिनका अध्यक्ष प्राडा भीमसेन देवकाटाका अनुसार सम्मेलनसँगै हिनको १७औं साधारण सभा र केन्द्रीय कार्यसमितिको निर्वाचन पनि आयोजना हुनेछ ।

सम्मेलनमा भारतको जिन्डाल विश्वविद्यालयका प्राध्यापक सम्राट सिन्हा, अमेरिकाको पित्सवर्ग विश्वविद्यालयका उपप्राध्याक डा. सारा बाउमेन र बेलायतका स्वास्थ्य विज्ञ डा. पुष्पराज पन्तले किनोट मन्तव्य राख्नेछन् ।
संस्थाका उपाध्यक्ष डा. कल्पना ज्ञवालीले अन्य शिक्षा भन्दा पनि स्वास्थ्य शिक्षा अत्यन्त आवश्यक हुने भएकाले सरोकार पक्षले नीति निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनका अनुसार विश्वमा यस क्षेत्रमा विभिन्न खोज अनुसन्धान भइरहेकाले दुई दिने सम्मेलनले विभिन्न देशका विज्ञहरुको अनुभव आदानप्रदान हुने र प्राज्ञिक समुदाय तथा अनुसन्धाता र शैक्षिक संस्थाविच सहकार्य बढने छ । हिनका महासचिव डा. भगवान अर्यालले देश र विदेशबाट तीन सयजनाले भाग लिने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here