नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ ।
झण्डै एक दशकदेखि कम्पनीले नेपाली बजारमा बच्चादेखि बृद्घसम्मका लागि जुत्ता उत्पादन तथा बजारीकरण गर्दै आएको छ।

स्टाइल सुज ब्राण्डको उत्पादक कम्पनी स्टाइल सुज इण्डष्ट्रिज प्रालिले हरेक जुत्ता खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षका लागि दुई दर्जनभन्दा बढी नयाँ पार्टी सुज, स्पोर्टस, बुट र क्याजुअल सुज सार्वजनिक गरेको छ ।

अहिलेसम्म साढे तीन सय मोडलका जुत्ता बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षलाई लक्षित गर्दै थप २५ मोडल बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

साथै वैशाखदेखि सुरु हुने विभिन्न स्कुलमा नयाँ भर्नासँगै छात्रछात्रालाई आवश्यक पर्ने जुत्ता उत्पादन गरेर बजारमा ल्याएको स्टाइल सुज इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक कुमार न्यौपानेले बताए ।

पछिल्लो समय स्टाइल सुज युवापुस्ताको विशेष रोजाइमा पर्ने गरेको भन्दै उनले बताए । नेपालमा उत्पादित जुत्ताहरू आधुनिक युवायुवतीभन्दा पनि अलि उमेर ढल्केकाहरूको लागि मात्र हो भन्ने आम धारणालाई चिर्न पनि कम्पनीले उनीहरूको इच्छानुसारको नयाँ–नयाँ डिजाइन उपलब्ध गराएको प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए।

कम्पनीले हरेक किसिमका ग्राहकका लागि पार्टी सुज, स्पोट्र्स सुज, क्याजुअल सुज, अफिसियल सुजका साथै स्कुल र कलेज पढ्ने विद्यार्थीलगायतका अन्य डिजाइन रहेको कम्पनीले बताएको छ ।

देशका ६५ जिल्लाका मुख्य बजारमा उपलब्ध स्टाइल सुजमा छ महिनाको वारेन्टी दिइएको छ । करिब एक दशकअघि स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित स्टाईल सुज ब्राण्ड बजारमा ल्याइएको प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here