टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल, कुवेतसँग खेल्ने

काठमाडौं । हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् ।

शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडेका हुन्।

३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । यता एक खेल मात्र जितेको हङकङकाे भने ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।

नेपालले पहिलो खेलमा कतारलाई र दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here