काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसाकाे नाममा कसैलाई हात समेत नहालेकाे बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले एक जना मान्छेलाई पिटेको समेत नभएको जिकिर गरे ।
साथै प्रचण्डले आफुलाइ १७ हजारकाृ हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पंक्तिबाट त्यसको खण्डन नभएको भन्दै गुनासो गरेका छन् ।
उनले भने ‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा भनिरहँदा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो भनेर कसैले नभनेकोमा दुख लागेकाे बताए । ‘युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीविबाट यसमा खण्डन भएको देखिँदैन ।’