पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट

काठमाडौं । पेप्सीकोलास्थित टाउन प्लानिङबाट बुधबार राति ६० लाख रुपैयाँ लुटपाट भएको छ । करिब ९ बजेतिर ६० लाख रकमसहित दुई वटा झोलामा लुटपाट भएको हो ।

लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।