सालकाे अन्तिम दिन घटेर बन्द भयाे नेप्से

काठमाडौं । साताको पहिलो तथा सालकाे अन्तिम दिन आइतबार सेयर बजार ८.६२ अंक घटेको छ। यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ ।

आज कारोबार रकम बढेको छ । आज आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबारबाट १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर किनबेच भएको छ ।

आज आइतबार ८८ कम्पनीको मूल्य बढ्दा १ सय ५७ कम्पनीको मूल्य घट्यो भने एउटाको स्थिर रहेको छ ।

आज पनि अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् ।

यता होटल तथा पर्यटन,लगानी,म्युचुअल फन्ड,र निर्जीवन बीमा समूह क्रमशः ०.१४, १.६८, ०.२६ ०.०८ प्रतिशत बढेका छन् ।

आइतबार दुई कम्पनीको मूल्य १० प्रतिशत बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here