काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई डिपोर्ट गरिने प्रक्रिया अघि बढाइएको छ ।
अध्यागमन विभागले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई दुई वर्ष नेपाल आउन नमिल्ने गरी डिपोर्ट गर्न लागेको छ । यसका लागि कागजात गृहमा पठाइएको छ।
जुलियन कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोप छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४ चैतमा गरेको प्रदर्शनमा उनी माइतीघरमा सहभागी भएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अध्यागमन विभागलाई बुझाएको थियो ।