विद्युत प्राधिकरणले भन्याे’ मौसमी कारणले बत्ति गएकाे हाे हावाहुरीले हाेइन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक बनाएको प्राधिकरणले जनाएको हो।विज्ञप्तिमा उल्लेख गरिएको छ ‘क्षेत्रमा आएको हावाहुरी तथा प्रि-मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ ।

अवरूद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको र अधिकांस ठाउँमा सुचारु भएको उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here