गगन थापाले भने ‘सरकार ट्याक्टरको गतिमा चलिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार
ट्याक्टरकाे गतिमा चलेकाे टिप्पणी गरेका छन्। काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे टिप्पणी गरेका हुन् ।

उनले भने मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ’, उनले थपे भने नागिरिकले द्रूत गतिमा काम चाहेको छ सरकारले पक्रिन सकेन । ‘

उनले तर आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नभएको बताए ।

सरकारले गति बढाएर काम गरेको भए अहिले सडकमा आन्दोलन देख्नु पर्ने अवस्था नै नआउने उनको भनाइ छ । उनले भने ‘सरकारले चलाउन नपर्ने कुरा चलाएर सडकमा आउन बाध्य बनाएको छ ।

उनले कांग्रेस-एमालेको सरकार भएकोले खबरदारी गरिरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here