काठमाडौं । सरकारले वैशाख १२ गते संघीय संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठक आह्वान गर्ने निर्णय गरेको हाे। शिक्षामन्त्री विद्या भट्टराईका अनुसार संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यही बैठकबाट पारित गर्न समन्वय र सहजीकरण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।
उनका अनुसार नेपाल शिक्षक महासंघले उठाएका मागको विषयमा पनि मन्त्रिपरिषदमा छलफल भएको थियो।