सुनकाे भाउ १ लाख ९० हजार माथि

काठमाडौं । अब एकताेला सुन किन्न करिव २ लाख रुपैयाँ साथमा हुनुपर्ने भएको छ। बिहीबार सुनकाे भाउ हालसम्मको उच्च मुल्यमा पुगेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ ।

आज एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिकाले चीनबाट आयातित बस्तुकाे कर बढाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो ।

दुई देशबीच व्यापारिक युद्धशुरु भएपछि लगानीकर्ताहरु सुरक्षीत लगानीका लागि सुनतीर लगानी गर्न थालेका हुन्।