पश्चिम नेपालमा मेघगर्जनसहित वर्षा

यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने छ।

काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ र आसपासका क्षेत्रमा पानी परिरहेको जल तथा मौसम बिभागले जनाएकाे छ।

विभागका अनुसार यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा दैलेखको कट्टीमा २०.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै १ घण्टायता भने सबैभन्दा धेरै घोराही र सल्यान बजारमा ७.४ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा पानी परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here