काठमाडौं । सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न आदेश दिएको छ । न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न सरकारका नाममा आदेश दिएको हो ।
उनीहरु दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट पक्राउ परेका हुन्। अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका उनीहरु भाग्दै भारत हुँदै नेपाल प्रवेश गरेका हुन्।
चारमध्ये एकजनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । निवेदनमाथि प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।



























