उच्च मूल्यबाट तल झर्याे सुन, यस्ताे छ आजको भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । बिहिबार हालसम्मकै उच्च मूल्यकाे रेकर्ड बनाएको सुनको भाउ शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो ।

यता आज चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here