अमेरिका भिसाका लागि अन्तर्वार्तामा नयाँ मापदण्ड

काठमाडौं । अमेरिकि भिसामा नयाँ मापदण्ड लागू गरिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु गरेकाे बताएकाे हाे।

जसअनुसार यही वैशाख १५ गतेदेखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेसन बारकोड नम्बर सहितको डिएस-१६० भिसा आवेदन फारम साथमा लिएर जानुपर्नेछ।

आवेदकहरूले अनलाइन माध्यम अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फरमेसन नम्बर र बारकोड नम्बर नमिलेकाे अवस्थामा भिसा अन्तर्वार्तामा सहभागी गराउन नसक्ने दूतावासले जनाएको छ। मेल नखाएको अवस्थामा नयाँ अपोइन्टमेन्ट बुक गरेर भिसा आवेदनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताइएकमे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here