परराष्ट्र मन्त्रीले गरिन् तातोपानी नाका निरीक्षण

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन्। नाका तथा भन्सार कार्यालयको निरीक्षण गरेर यस्ताे निर्देशन दिएकी हुन् ।

यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री राणाले बताएकी छन्। पर्यटन प्रवर्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको छ। यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवरका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको भनाइ छ ।
वार्षिक रु २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल-चीन व्यापारिक नाकाका रुपमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here