काठमाडौं । ब्राजिलको महान फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाली सुपर लिग (एनएसएल) का विशेष पाहुना भएर नेपालमा आइपुगेका छन्। नेपालमा फुटबलप्रेमीहरूको लागि यो एक रोमाञ्चक क्षण हो। यसैबीच नेपाली सुपर लिगलाई अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्दै विश्वस्तरीय अनुभव नेपालमा ल्याउने प्रतिबद्धतासहित सिजि मोटर्सले पनि आफ्नो साथ दिएका छन्। नेपाली सुपर लिगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले सिजि मोटर्सले आफ्नो विशेष सहभागिता जनाएको हाे। लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा सिजिकाे मोटर्सको एक्सपेङ जिसिक्स कार्लोसको नेपाल भ्रमणलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने कम्पनिले जानकारी दिएकाे छ।
एक्सपेङ जिसिक्सले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र आधुनिक डिजाइनको उदाहरण प्रस्तुत गर्छ। ० देखि १०० किलोमिटर प्रति घण्टा केवल ६.६ सेकेन्डमा पुग्ने र ४३५ किलोमिटरको दूरी पार गर्ने क्षमता भएको यो विद्युतीय गाडीलाई पर्यावरणमैत्री र नवीनताले भरिएको गाडी मानिन्छ। यसले ५-तारे NCAP सुरक्षा रेटिङ, स्वचालित ड्राइभिङ प्रविधि, शक्तिशाली १९० केडब्लु मोटर र ४४० एनएम टर्कको विशेषताहरू प्रदान गर्दछ।
सिजि मोटर्सको एनएसएलमा सहभागीताले विश्वस्तरीय अनुभव प्रदान गर्दै नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता झल्काउँछ। एक्सपेङ जिसिक्सको प्रयोगले रोबर्टो कार्लोसको नेपाल यात्रालाई मात्र सहज बनाएको छैन, यसले लिगको सम्पूर्ण उर्जा र समर्पणमा योगदान पुर्याएको छ। सिजि मोटर्सको यस प्रयासले नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने अभियानलाई तीव्रता प्रदान गरेको छ।
यो कार आकर्षक र स्टाइलिश डिजाइनमा परिलक्षित हुन्छ। ० देखि १०० किलोमिटर प्रति घण्टा गति पुर्याउन मात्र ६.६ सेकेन्ड लाग्ने र ४३५ किलोमिटरको दूरी पार गर्ने क्षमता रहेको एक्सपेङ जिसिक्स आधुनिक सोच र गतिशील शक्तिको उदाहरण बनेको छ, जसरी फुटबलका महान खेलाडी रोबर्टो कार्लोस पनि बनेका छन्।
यसका अलावा, एक्सपेङ जिसिक्स ५-तारे एनसिएपि सुरक्षा रेटिङ, स्वचालित ड्राइभिङ प्रविधि, शक्तिशाली १९० किलाेवम मोटर, र ४४० एनएम टर्कको लागि लोकप्रिय छ। यो लिगमा नयाँ युगको सुरुवातको संकेत हो।