नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।

पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएकोमा अहिले दुईतर्फ नै गाडी आवत जावत गराइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here