बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ कारोबार !

काठमाडौं । बुधबार घटेकाे सुनकाे भाउ आज बढेको छ।

बुधबार एकैदिन प्रतितोला सात हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला १ लाख ९० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार छ।