तराईको तापक्रम ४० डिग्री पुग्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौं । लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै आज मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा ४० डिग्री सेल्सियस र धेरै स्थानहरूमा ३९ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको हाे ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार भोली पनि मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी रही अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ।

मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा भोलि सम्म तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here