युट्यूवबाट हट‍्यो दुर्गेश थापाको विवादित गीत

काठमाडौं । गायक दुर्गेश थापाको विवादित गीत युट्यूवबाट हटेको छ ।

प्रतिबन्धित लागुपदार्थ खाँदै तिहार मनाउँ भन्ने आाशयको विवादित गीत हटाएपछि मंगलबार बालाजुबाट पक्राउ थापा छुटेका छन् । थापाको ‘ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीत विवादित बनेको थियो ।

थापाले तिहारको बेला बीयर खाने प्रचार गरेको र कानूनी रूपमै प्रतिबन्धित गरिएको गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेका थियो ।

थापाले ‘ए निकाल गाँजा, खानुपर्छ आज’ गीत गाएका थिए । लागु पदार्थ सेवन गर्न प्रोत्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य-मान्यता विपरित भएको भनी चर्काे गीतकाे आलोचना पनि भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here