काठमाडौं । सरकारले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्ताे व्यवस्था मिलाइने बताए ।
त्यस्तै सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउने भएको छ ।
जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।





















